काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ।
नेप्सेका अनुसार सेयर संरचना परिवर्तन भएपश्चात अब संस्थापक तर्फ ५१.४९ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४८.५१ प्रतिशत कायम भएको छ।
हाल यस संस्थाको कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। सेयर संरचना परिवर्तन भएसँगै अब संस्थापक समूहको सेयर हिस्सा ७१ लाख ९६ हजार ५०५.७४ कित्ता र सर्वसाधारणको ६७ लाख ८१ हजार १३६.९८ कित्ता रहेको छ।
नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर गत फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु भएको थियो। दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८