काठमाडौँ। आर्थिक वर्ष २०८०/८१ मा “सामाजिक उत्तरदायित्व हामी सबैको कर्तव्य” भन्ने मुख्य उद्देश्यका साथ नेपाल मिडिया हाउस प्रा.लि.को सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत महेन्द्र किरण माध्यमिक विद्यालय, मनहरी गाउँपालिका वडा नं. ८ मकवानपुरमा सहयोगको कार्यक्रम सम्पन्न भएको छ।
संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत कमजोर आर्थिक अवस्था भएका ८० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष राम कुमार अधिकारी (खडानन्द) ले शैक्षिक सामग्री वितरण गरेका थिए।
सामाजिक कार्यमा सदैव तत्पर रहने र सहयोग गर्न पाउँदा मन आनन्दित हुने तथा यस्तै स- सानो सहयोगले पनि विपन्न वर्गलाई राहत पुग्ने नेपाल मिडिया हाउस प्रा.लि. का प्रबन्ध निर्देशक नवराज निरौलाले बताए।
साथै आगामी दिनहरूमा पनि विभिन्न सामाजिक क्षेत्रमा यस्तै असहाय र बिपन्न वर्गलाई सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने र आफ्नो तर्फबाट सदैब सक्दो सहयोग पुर्याउने तथा यस्तै कार्यक्रमहरू गर्दै आईरहेको पनि उनले बताए। यस्ता सामाजिक कार्यहरूमा सदैव अग्रसर भएर लाग्ने पनि उनको भनाइ छ।
भविष्यमा पनि यस्तै सामाजिक कार्यहरू गरिरहने जसकारण विद्यार्थीहरू पनि खुसी रहने र उनीहरूलाई सहयोग पुग्ने विश्वास लिएको निर्देशक निरौलाले बताए।
सो कार्यक्रमबाट विद्यार्थीहरू उत्साहित भए भने अभिभावक र शिक्षकहरूले धन्यवाद ज्ञापन गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८