काठमाडौँ। नारायणगढ–मुग्लिन सडक खण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको भरतपुरस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।
डिभिजन सडक कार्यालयका अनुसार, तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ।
सडकखण्डका नाम्सी, कालीखोला र तुइन पुलको पहिरो नियन्त्रणका निम्ति ५२ करोड रूपैयाँ खर्च हुने अनुमान छ। ती ठाउँहरूमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ।
यस्तै, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ। ०८० को वर्षामा यो सडकखण्डमा ३० र ०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो।
कार्यालयका इन्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले सेतीदोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताए। हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ।
सोही सडकखण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रणको अध्ययन गरिरहेको छ। सो सडकखण्डकै खहरेखोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न सो संस्थाले सडक विभागलाई पत्राचार गरिसकेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८