काठमाडौं । इंडो – नेपाल व्यापार बढाउनको लागि कंफेडरेशन ऑफ ऑल इंडिया ट्रेडर्स ( कैट ) बिहार अध्यक्ष अशोक कुमार वर्मा र नेपालको कृषि मन्त्री ज्वाला साह विच भेट वार्ता र्भको छ। बिहिवार कैट बिहार अध्यक्ष वर्मा आफ्नो दम्पती सहित कृषि मन्त्री ज्वाला साहसंग इंडो नेपाल व्यापार बढाउनको लागि भेटघाट गरेका हुन्
भेटघाटमा कृषि मन्त्री साहले नेपाल कृषि प्रधान देश रहेकोले कृषि क्षेत्रमा सम्भवना बढी रहेको जानकारी गराईन । कृषिमा अध्ययन गरि विग्यको सल्लाह लिई काम गरियो भने कृषिमा अब्बल हुने उनले बताईन ।
आफु किसानको घरमा जन्मेकोले किसानको पिर मर्का बुझेको बताईन । किसानलाई समयमा मल, घाद, बिउ उपलब्ध गराई कृषिमा क्रान्ति ल्याउन सकिने उनले बताईन ।
नेपालमा बाझाे रहेको जगालाई उत्पादनमा कसरी ल्याउने विषयमा छलफल भएको कृषि मन्त्री साहले बताईन ।छलफलमा नेपालमा युवा, महिला, किसान, बालबालिका, बिधार्थी, स्वास्थ्यकर्मी उधोग र निर्यात गर्ने विषयमा छलफल भएको मन्त्री साहले जानकारी गराईन ।
कृषिमा आधुनिकीकरण गरेर विदेश पलायन हुने युवालाई स्वदेश मै स्वरोजगार बनाउनु पर्नेमा जोड दिईन । आफुले विदेश पलायन हुने युवाको श्रम स्वदेश मै प्रयोग गरि नेपालको व्यापार बढाउनमा केन्द्रित रहेको बताईन
कैट बिहारको अध्यक्ष वर्मासंग दुवै देशको व्यापार बढाउन विषयमा भएको सकारात्मक भेटघाट पछि कृषि मन्त्री साहले जेठ ३२ गते शुक्रवार गते प्रधानमन्त्री पुष्प कमल दाहालसंग बैठक राखेर छलफल गर्ने कार्यक्रम तय भएको कैट बिहारको अध्यक्ष वर्माले जानकारी गराएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८