काठमाडौँ। दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ ल्याउने तयारी गरेको छ।
हुन्डाई इन्डियाको कोरियाली माउ कम्पनीले कम्पनीको १७.५५ हिस्सा बिक्री गर्न लागेको हो। हुन्डाई इन्डियाले नियामक सेबीबाट अनुमति पाएमा उक्त आइपीओ भारतको इतिहासकै सबैभन्दा ठूलो आइपीओ बन्नेछ।
हुन्डाई इन्डिया विगत २ दशकको अवधिमा भारतमा आइपीओ जारी गर्ने पहिलो कार कम्पनी पनि हुनेछ। यसअघि सन् २००३ मा मारूती सुजुकीले अइपीओ जारी गरेको थियो। भारतीय सेयर बजार अल टाइम हाई विन्दु नजिक कारोबार भइरहेको बेला हुन्डाईले आइपीओका लागि अनुमति मागेको छ। हुन्डाईले भारतलाई एउटा महत्वपूर्ण ग्रोथ मार्केटका रूपमा पनि लिएको छ।
भारतमा हुन्डाईले ५ अर्ब डलर लगानीसहित २ वटा उत्पादन युनिटहरु सञ्चालन गरिरहेको छ। यस्तै, आगामी १ दशकमा थप ४ अर्ब डलर भारतमा लगानी गर्ने प्रतिबद्धता पनि जनाएको छ। चीन र अमेरिकापछि विश्वको सबैभन्दा ठूलो कार बजारको रुपमा रहेको भारत हुन्डाईका लागि सबैभन्दा धेरै आम्दानी प्रदान गर्ने देशमध्ये तेस्रोमा पर्दछ।
यता, हुन्डाईले सेबीलाई बुझाएको ड्राफ्ट प्रोस्पेक्टसले आइपीओको मूल्य निर्धारण वा कम्पनीको मूल्यांकनको बारेमा कुनै पनि विवरण भने दिएको छैन। तर हुन्डाईको मूल्यांकन ३० अर्ब डलर गरिएको र २.५ अर्ब डलरदेखि ३ अर्ब डलर बराबरको आइपीओ जारी हुनसक्ने छ। हुन्डाई मारुती सुजुकीपछि भारतको दोस्रो ठूलो कार निर्माता कम्पनी हो।
हुन्डाईले आइपीओमा नयाँ सेयर जारी नगरी दक्षिण कोरियाली माउ कम्पनीको पूर्ण स्वामित्वमा रहेको इकाईको केही हिस्सा खुद्रा र अन्य लगानीकर्ताहरुलाई ‘अफर फर सेल’ मार्फत बिक्री गर्ने छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८