काठमाडौँ। नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि छुट योजना ल्याएको छ।
बैंकबाट कर्जा उपभोग गरी वि.सं. २०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाखसम्मका खराब तथा अपलेखत कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा ल्याइएको हो।
२०७६ साल वैशाख देखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने बैंकले जनाएको छ।
विशेष व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयहरूमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिन सक्नेछन्।
यो व्याज छुट योजना यही असार मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८