काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ।
प्राधिकरणले आज एक सूचना जारी गरेर तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानाएको छ।
प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ।
सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेको जनाएको छ।
साथै, प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकम समेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ।
लाइसेन्स रद्द हुनेहरूमा वशिष्ठ केबल नेट प्रा. लि. (मोरङ), इन्फो नेट टेक्नोलोजी प्रालि (मोरङ), सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रा.लि. (जुम्ला), एशिया नेट कम्युनिकेसन प्रा. लि. (झापा) रहेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८