काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अदालतको आदेश नमानेको भन्दै कवाड व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन्।
महानगरले केही महिना अघि रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो। निर्णयको विरोधमा व्यवसायीहरू अदालत गएका थिए।
अदालतले कवाड व्यवसायीको घर टहराहरूमा क्षति नगर्न र बनाइएको संरचनाहरू नहटाउन भनी दिएको आदेश महानगरपालिकाले अवज्ञा गरेको उनीहरूको आरोप छ।
महानगरले आफ्नो निर्णय फिर्ता लिएर वार्तामा आए आफूहरू मापदण्डभित्र बसेर व्यवसाय गर्न तयार रहेको उनीहरूको भनाइ छ। आइतबार उनीहरु माईतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेर प्रदर्शन गरेका हुन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८