काठमाडौँ। प्रभु बैंकले कालिकोटको मान्मामा शाखा विस्तार गरेको छ। बैंकले खाडाचक नगरपालिकाले-१ स्थित मान्मामा आफ्नो ३०५ औँ शाखा खोलेको हो।
बैंकले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ। यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास लिएको गरेको छ।
नेपालभर ३०५ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले जनाएको छ।
‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंक अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको जनाइएको छ।
हालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित भएको बताइएको छ। यस्तै बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको जनाइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८