काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ।
कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरूयोजना अनुसार नेपाल सरकारको वि. सं २०६९ भदौको निर्णयअनुसार गुरूयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रूपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि खाली नभएकाले खाली गराउन लागिएको पशुपति विकास कोषले जनाएको छ।
कोषका अनुसार अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको र हालसम्म पनि तिलगङ्गा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानूनबमोजिम कोष आफैँले हटाई खाली गराउने छ।
पशुपति क्षेत्र विकास कोषको गुरूयोजनाअनुसार वि. सं २०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो। सोही योजनाअनुसार वि. सं. २०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरिएको र वि. सं. २०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको कोषले जनाएको छ।
तिलगङ्गा क्षेत्रका झन्डै एक सय सङ्ख्यामा पक्की तथा कच्ची घरटहरा हटाउन लागिएको कोषले जनाएको छ। यसैगरी, अधिग्रहण भएको तिलगङ्गा आवासीय क्षेत्र खाली गराउन यसअघि वि. सं. २०७७ असार ३ गते पनि कोषले ३५ दिने सूचना जारी गरिएको थियो। त्यसबेला विविध कारणले खाली नगरिए पनि कोषले आज पुनः १५ दिने म्याद दिइएको कोषले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८