
काठमाडौँ। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं र एघारौं वार्षिक साधारणसभाको मिति र स्थान परिवर्तन गरेको छ।
यो सँगै अब कम्पनीको सभा असार ३० गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे देखि सुरू हुने भएको छ।
यसअघि कम्पनीले असार १३ गते चण्डोलस्थित कुण्डलिनी दरवार व्याङ्क्वेटमा सभा बोलाएको थियो। तर, आयोजना निर्माण क्षेत्रमा आइपरेका विविध समस्याहरूका कारण तोकिएका मितिमा सभा सम्पन्न गर्न कठिनाई हुने भन्दै सभाको मिति परिवर्तन गरिएको हो।
सभाले आ. व. २०७८/७९ र २०७९/८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै, चालु आ.व. का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। सभाले २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गरिसकेको छ। तसर्थ जेठ २२ गतेसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन्।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८