काठमाडौँ। मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ।
चालु आ.व. सकिन एक महिना बाँकी हुँदा भन्सार कार्यालयले लक्ष्यको ७७.५७ प्रतिशत राजस्व संकलन गरेको हो।
मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार चालु आ.व.को ११ महिनामा गत आ.व.को सोही अवधिको तुलनामा आयात ३.६१ प्रतिशतले घट्दा निर्यात १०.७६ प्रतिशतले वृद्धि भएको छ। काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजार रूपैयाँको वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाकारी दिएको छ।
चालु आर्थिक वर्षको जेठसम्म गत आ.व.को तुलनामा निर्याततर्फ छुर्पी ६५.२९ प्रतिशत, प्लाउड ५६.३३ प्रतिशत, अदुवा ३५.४५ प्रतिशत, अम्रिसो ३१.३४ प्रतिशत र भेनियस सिट १२.५७ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। अलैँची २.६१ प्रतिशत र चिया १३.४२ प्रतिशतले निर्यात घटेको छ।
यसैगरी, पेट्रोल, फलामका सामग्री र विधुतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलयायत सामग्री आयात गत आ.व.को ११ महिनाको तुलनामा घटेको छ। काँकरभिट्टा नाकाबाट आयात हुने पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, खाना पकाउने ग्यास, सबै प्रकारका तरकारी, जिप्सम, अलकिड रेजिन, सबै प्रकारका कपडा तथा फलफूल र भेनियस सिटलगायत छन्।
यो नाकाबाट अलैँची, फलामका पाता, प्लाइ उड, चिया, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिंकरलगायत सामग्री निर्यात हुने गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८