काठमाडौँ। पहिरोले गए रातिदेखि अवरुद्ध बेसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ।
अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो।
डुम्रे–बेसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुंगासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो।
यहाँ पहिरो रोकथामका लागि संघीरय सरकारको १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए।
पैसठ्ठी किलोमिटर रहेको यो सडकमा साना–ठूला सवारीसाधन सञ्चान हुँदै आएको छ। मनाङवासी यस सडकखण्ड हुँदै बेसीसहर, काठमाडौँ, पोखरा, चितवन लगायतका स्थानमा आवतजावत गर्ने गर्दछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८