काठमाडौँ। उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएकी छन्।
आज (बिहीबार) काठमाडौँमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले जलवायु परिवर्तनका कारण रैथाने बालीहरु मासिँदै गएको पनि बताइन्। उनले आधुनिकतामा बढी रूमल्लिँदा स्थानीय रहनसहन, चालचलन र संस्कृति लोप हुँदै गएको बताइन्।
उनले नेपाल आउने पर्यटकहरुलाई स्थानीय खानेकुराहरूले स्वागत गर्नुपर्ने बताइन्। उनले स्थानीय खानेकुराको प्रवर्द्धनमा सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘अहिले आधुनिकतामा ढल्किने हिसाबले विभिन्न रोगहरु निम्त्याइरहेका छौँ। हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरूलाई हामीले बिर्सिरहेका छौँ। सरकारले रैथाने खानेकुरालाई प्रवर्द्धन गर्नुपर्छ। हाम्रा हिमाल र पहाडहरूमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तले स्थानीय खानेकुरा लोप भइरहेका छन्। हामीले पर्यटकहरुलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ। हामीले कसरी त्यहाँका स्थानीय खानेकुराको उत्पादन वृद्धिका लागि एउटा छलफलबाट कानून बनाई कार्यान्वयन गर्न आवश्यक छ।’
कार्यक्रममा होटल संघका अध्यक्ष विनायक शाहले ग्यास्टोनोमि टुरिजमको विकास गर्न आवश्यक रहेको बताए। उनले रैथाने खानेकुराको प्रवर्द्धन गरे मात्रै स्थानीय बालीहरूलाई संरक्षण गर्न र जोगाउन सकिने बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८