काठमाडौँ। श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान सफल भएको छ। श्री एयरलाइन्सले आज बिहान काठमाडौँबाट भरतपुरका लागि उडान भरेको थियो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौँबाट भरतपुर गएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सका अनुसार उडान परीक्षणका क्रममा कुनै समस्या नभएको र विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण रहेको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने श्री एयरलाइन्सले तयारी गरेको छ ।
उडानको अनुमति प्रक्रिया पूरा गर्न भने केही समय लाग्ने श्री एरलाइन्सले जानकारी दिएको छ। अहिले काठमाण्डौँ, भरतपुर र पोखरा भरतपुर बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान गर्दै आएको छ। केही वर्ष अगाडि भरतपुरमा यति एयरलाइन्सले उडान गरेको भएता पनि अहिले भने उडान रोकिएका छन्।
८० सिट क्षमता भएको श्री एयरलान्इन्सको विमान भरतपुर आउन थालेपछि भाडा पनि घटाउने योजना रहेको श्री एरलाइन्सले जनाएको छ।
अहिले बुद्धएरले भरतपुर–काठमाडौँको एकतर्फी भाडा चार हजार ८०० भन्दा बढी लिने गरेको छ। साथै भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भने बन्दैछ। विमानस्थल विस्तारको काम पनि अगाडि बढ्दैछ।
गृहमन्त्री लामिछाने, पर्यटनमन्त्री तामाङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले निर्माणाधीन टर्मिनल भवनको पनि निरीक्षण गरेका छन्।
भरतपुर महानगर प्रमुख दाहालले ८० सिटे जहाजको सफल परीक्षणसँगै महानगरवासीको एउटा सपना साकार भएको बताइन् । पर्यटनमन्त्री तामाङले एक वर्षभित्रैमा रनवे विस्तारको काम सुरू हुने पनि बताए। गृहमन्त्री लामिछानेले विमानस्थल विस्तारमा आफूले सक्दो सहयोग गर्ने बताए।
भरतपुरमा ८० सिटे जहाज आउने भए पनि विमानस्थल विस्तार नभई रात्रिकालीन उडान भने गर्न सकिंदैन।
विमानस्थलभन्दा पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको जग्गामा विमानस्थल विस्तार गरेर रनवे १६ सय मिटर बनाउने लक्ष्य राखिएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८