काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यही असार २९ गते साधारण सभा बोलाएको छ।
सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजेदेखी सुरू हुनेछ। सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।
त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ। बैंकले यस वर्ष लाभांशको प्रस्ताव भने गरेको छैन।
सभा प्रयोजनका लागि बैंकले असार १७ गते नै बुक क्लोज गर्ने जनाएको छ। त्यसैले, असार १६ गतेसम्म कायम रहने सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८