बि.पी.भट्ट,बारा । बाराको जीतपुरमा बृहत १०८ कुण्डीय गायत्री महायज्ञ आयोजना गरिने भएको छ । शनिबार बृहत १०८ कुण्डीय गायत्री महायज्ञ आयोजना गर्ने भनी प्रारम्भिक छलफल एवम् समिति निर्माण गरिएको हो ।
उपमहानगरपालिका क्षेत्रभित्रबाट छलफलमा उपस्थित भएका समाजसेवी,बौद्धिक ब्यक्तित्वहरु,स्थानिय र भारतको हरिद्वार बाट आउनु भएका प्रतिनिधिहरुले युवा समाजसेवी संतोष कुशवाहालाई सर्वसम्म रुपमा महायज्ञको अध्यक्ष पदमा चयन गरेको छ ।
हामी बदलिन्छौं,युग बदलिन्छ भन्दै नवनिर्वाचित अध्यक्ष सन्तोष कुशवाहले सबै नगरवासीहरु लाई सत्मार्गमा लागेर कार्यक्रम सफल बनाउन आग्रह तथा अनुरोध गर्नु भएको छ । साथै महायज्ञको सचिवको पदमा अमर यादव र युवा सम्योजकमा धिरज गुप्तालाई चयन हुनु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्तिटोल खेल मैदानमा महायज्ञ हने भएको हो ।
नवनिर्मित समिमितले अब समिति बिस्तार गनैृ र महायज्ञको मिति तोकेर अघि बढने अध्यक्ष कुशवाहाले बताउनु भयो । समाजको रक्षा र विश्व कल्याणको लागि महायज्ञको आयोजना गर्न लागिएको अध्यक्ष कुशवाहाले बताउनु भयो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८