काठमाडौँ। बुध्द एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ। धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुध्दले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो।
बुध्द एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए। गत साता श्री एयरले काठमाडौं-भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ। बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ।
धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए। बस्नेतका अनुसार जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ। अहिले बुध्दको एटिआर–४२ जहाज काठमाडौँ र पोखरा सञ्चालन हुँदै आएका छन्।
काठमाडौँ–भरतपुर दैनिक नौ वटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ। यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।
अब सञ्चालन गर्न लागिएको जहाज एटिआर–७२ हो। बुध्दले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ। अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुध्द एयरले सेवा दिइसकेको छ।
साना जहाज उडान हुँदा एकतर्फी भाडा रू चार हजार सात सय भन्दा बढी छ। ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ। भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८