
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ। यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ७१ पैसा र बिक्री दर १६९ रूपैयाँ ४७ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ९५ पैसा र बिक्री दर १४३ रूपैयाँ ५९ पैसा रहेको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ५४ पैसा र बिक्री दर ८८ रूपैयाँ ९४ पैसा रहेको छ।
त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रूपैयाँ ३५ पैसा र बिक्री दर ८ रूपैयाँ ३९ पैसा रहेको छ। साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५५ पैसा र बिक्री दर ३६ रूपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८