काठमाडौँ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि ८०० नेपाली श्रमिक लैजाने भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार वैकल्पिक ३०० सहित ८०० जनालाई केयर गिभरमा लैजाने गरी आवेदन मागिएको हो।
विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ। योग्यता पुगेका ८०० जनालाई छनोट गरेर ३०० जनालाई वैकल्पिकमा राख्ने उनले जानकारी दिए।
विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ भएको, कम्तीमा ४५ केजी तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा उत्तीर्ण भएकाले आवेदन दिन सक्नेछन्।
यो काममा जानेको मासिक तलब पाँच हजार ८८० इजरायली मुद्रा ९दुई लाख १० हजार नेपाली रुपैयाँ० तोकिएको छ। करार अवधि शुरुमा एक वर्षको हुनेछ। त्यसपछि अधिकतम पाँच वर्षसम्म हुनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८