काठमाडौँ। लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।
प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव ध्वनिमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्तीले गरे।
प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष ०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट पेश गरेका थिए।
आगामी वर्ष आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड रुपैयाँ र सङ्घबाट १२ अर्ब १ करोड रूपैयाँ र सङ्घबाट सलामी दस्तुरवापत ५० करोड रूपैयाँ र स्थानीय तहबाट २ अर्ब ९२ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८