काठमाडौँ। एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको विभिन्न सेवा प्रयोग गर्न सकिने छ। नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न सुविधाहरू व्यवस्था गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने भएको छ।
नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ। यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ।
त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली एक स्पेस दिई सिम्बोल नम्बर (SEE) टाइप गरी १६०० मा म्यासेज पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ। उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ ।
नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा समेत प्राप्त गर्न सकिने छ।
नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार यसबाट सम्पूर्ण विद्यार्थी लाभान्वित हुने अपेक्षा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८