
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको महाधिवेशन काठमाडौँमा सुरु भएको छ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको महाधिवेशनको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्।
महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछाने लगायत पुगेका छन्।
यता प्रमुख सत्तारुढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन्। आज असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट १ हजार ८०० प्रतिनिधि छानिएका छन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८