
काठमाडौँ। जिल्ला अदालत सर्लाहीले बालयौन दुरूपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।
यसअघि दोषी ठहर भएका बमजनको हकमा सोमबार सजाय निर्धारण बहस भएको थियो। बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए।
तर अदालतले आधामात्र १० वर्ष कैदको फैसला सुनाएको हो। अब उक्त फैसलाविरुद्ध सरकार र बमजन दुवैलाई उच्च अदालत जाने बाटो बाँकी नै छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८