काठमाडौँ। मनसुनी वायुको प्रभावका कारण मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। केही स्थानमा भारी र अति वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति वर्षाको सम्भावना छ।
राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८