काठमाडौँ। काठमाडौँ-तराई-मधेश द्रुतमार्ग आयोजना अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका २ मध्ये एउटा सुरूङमार्ग छिचोलिएको छ।
कूल १ हजार ६१२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको हो।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरूङमार्ग छिचोलेको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट अवलोकन गरे।
उनले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुशी व्यक्त गरे। उनले सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिए।
साथै उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत निर्देशन दिए। सो कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल लगायत नेपाली सेनाका रथीवृन्दको समेत उपस्थिति थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८