ललितपुर। दक्षिण ललितपुर सडकखण्डमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध भएको छ। भट्टेडाँडा प्रहरी चौकीका अनुसार छपेली काल्चे सडकको बीचमा पर्ने पाङदुर भन्ने ठाँउमा मध्यराती पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
अविरल बर्षाका कारण पहिरो गएपछि हेटौडाबाट काठमाडौँतर्फ आइरहेका र काठमाडौँबाट हेटौँटा तर्फ जाने सवारीसाधनसँगै सयौं यात्रुहरू अलपत्र परेका छन्।
स्थानीयका अनुसार अविरल बर्षाले सडकमा गाडीहरुको लस्कर लागेको र माथिबाट पहिरो झरिरहेकोले सडकमा बस्नु जोखिम देखिन्छ।
कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको तीनपानेदेखि बगुवासम्म बर्षा याममा पहिरो जाने गरेको छ।
झरि रोकिएपछि मात्रै पहिरो हटाउन सकिने अवस्था रहेको प्रहरी चौकीले जानकारी दिएको छ। अहिले पनि निरन्तर झरि परिरहेको कारण पहिरो हटाउन सकिएको छैन।
सडक अवरूद्ध भएसँगै स्थानीय माल्टा, प्युटार, गिम्दी, आश्राङ लगायत उत्तरी मकवानपुरबाट राजधानी आउने यात्रु, तरकारी र दुधलगायतका सामाग्री ढुवानीमा समेत अवरोध भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८