काठमाडौँ। शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ विमानस्थलबाट हुने अधिकांश उडान प्रभावित भएको छ।
भारी वर्षका कारण उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको चाप बढकोे छ।
काठमाडौँ बाहिर जाने आन्तरिक उडान वर्षाको कारण प्रभावित हुँदा यात्रुलाई समस्या परेको त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनका अनुसार काठमाडौँ सहित बाहिरका जिल्लाहरूमा मात्रै भिजुलअ फ्लाइट हुन सकेको छैन भने प्रविधिको सहायताले हुने इन्टुमेन्टल फ्लाइट (आइएफआर) मात्रै भएको छ। जसका कारण उडानमा ढिलो हुनुका साथै यात्रुको चाप बढेको छ।
काठमाडौँ बाहिरका विमानस्थलबाट पनि उडान हुन सकेको छैन। वर्षातको कारण भिजिबिलीटी कम हुँदा काठमाडौँ बाहिरका जिल्ला सहित तराई क्षेत्रका विमानस्थलबाट समेत उडान हुन नसक्दा विमानस्थलहरुमा यात्रुको चाप थेगिनसक्नु भएको पनि आन्तरिक टर्मिलन विभागले जानकारी दिएको छ।
काठमाडौँबाट शनिबार हुने पर्वतीय उडन सबै प्रभावित भएको छ। आन्तरिक उडानका वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट गराउने र यात्रुलाई हिमाल देखाएर विमानस्थलमा नै अवतरण गर्ने कार्य वर्षातकै कारण प्रभावित भएको छ।
त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्र्राष्ट्रिय उडान तथा अवतरण भने भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। विमानस्थल कार्यालयका अनुुसार वर्षातको समयमा यात्रुको हिँडडुल कम हुने भएकोले वायुसेवाको उडान तालिका पनि घटेको हुन्छ। तर, उडानै नहुँदा एक पछि अर्को उडानका यात्रुको चाप विमानस्थलमा बढ्दै जानुले आन्तरिक टर्मिनलमा भिडभाड बढेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८