काठमाडौँ। दुई दिनदेखि परेको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक रूपले बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पानीको बहाव अत्याधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो।
प्रतिसेकेन्ड नौ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्युसेक पानी बगिरहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाब बढेसँगै निरन्तर अनुगमन गरिरहेको बताए।
आफूहरुको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसँग पनि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ।
यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो। पानीको बहाब अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सुसूचित गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८