काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रामक रोगको सूची तयार पारेको छ।
सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई संक्रामक रोगको सूची तयार पारेको हो।
संक्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तिपाइले स्क्रबटाइफस, कालाजार, रूबेलालगायतका रोगहरु रहेका छन्।
संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताए। उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानून अनुसार सूचीकृत गरिएको जानकारी दिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८