काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
यसैगरी अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३६ पैसा र बिक्री दर १३३ रूपैयाँ ९६ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४५ रूपैयाँ ४६ पैसा र बिक्री दर १४६ रूपैयाँ १२ पैसा रहेको छ।
यस्तै पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३ रूपैयाँ २९ पैसा र बिक्री दर १७४ रूपैयाँ ०७ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ९० रूपैयाँ ४७ पैसा र बिक्री दर ९० रूपैयाँ ८८ पैसा रहेको छ।
त्यसैगरी, क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ८२ पैसा र बिक्री दर ९८ रूपैयाँ २६ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर ९९ रूपैयाँ ४५ पैसा र बिक्री दर ९९ रूपैयाँ ९० पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५७ पैसा र बिक्री दर ३६ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८