काठमाडौँ। कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रूपन्देहीको कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
उक्त बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मीले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन्।
आचार्यले यो सहयोग अस्पताललाई उपयोगी रहेको बताउँदै धन्यवाद ज्ञापन गरे। कार्यक्रममा कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकाललगायतको उपस्थिति रहेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८