काठमाडौँ। सिद्धार्थ बैंक र आरूष लाइफस्टाइल हस्पिटल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ।
सिद्धार्थ बैंक र आरूष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले आरूष लाइफस्टाइल हस्पिटल अन्तर्गत देशभर रहेका शाखाहरुमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ्ग तथा इन्टरनेस्नल बिजनेस प्रमुख जीत बहादुर अधिकारी र आरूष लाइफस्टाइल हस्पिटलस प्रा. लि. का प्रमुख कार्यकारी अघिकृत डा.सन्तोष शाक्यले हस्ताक्षर गरेका थिए।
बैंकका ग्राहकहरुले आरूष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउन सकिने छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८