काठमाडौँ। सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गठित सरकारी कार्यदल आज घटनास्थल जाने भएको छ।
गृह मन्त्रालयले असार २८ गते शुक्रबार सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा गाडीको घटनाबारे अध्ययन गर्न सोमबार कार्यदल गठन गरेको थियो।
कार्यदलमा ३ सुरक्षा निकायका तीनजना, भौतिक मन्त्रालयका १ जना र सहसचिव छवि रिजाल गरी ५ जना छन्। कार्यदललाई अध्ययन गरी प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ। गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै कार्यदल गठन गर्ने निर्णय गरेका थिए।
यात्रुसहित २ वटा बस त्रिशूली नदीमा बेपत्ता भएकोमा हालसम्म १७ जनाको मात्र शव भेटिएको छ, जसमा ६ जनाको सनाखत हुन बाँकी छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले हरेक दिन खोजि कार्य जारी राखेका छन्।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ जना गरी जम्मा ६५ यात्रु बससँगै त्रिशूलीमा खसेका थिए। तीनजना पौडिएर बाँच्न सफल भएका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८