
काठमाडौँ। नेपाली बजारमा सुनको भाउ निरन्तर रूपले उकालो लागिरहेको छ। सुनको मूल्यले असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड राख्दै आएको हो।
आज छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ८०० रूपैयाँ कायम भएको छ। हिजो (मंगलबार) छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुन तोलामा १ लाख ४९ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी १ हजार ८९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८