काठमाडौँ। जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ।
पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।
उनका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धनअनुसार गठन भएको वर्तमान सरकारले मधेश प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो।
जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी (लोसपा) सहित मधेश प्रदेश सरकारले बिहीवार पूर्णता पाइसकेको छ।
“हाम्रो पार्टीको शुरूदेखि नै प्राथमिकतामा मधेश प्रदेश सरकार थियो। प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले संघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ”, प्रवक्ता यादवले भने। प्रतिनिधिसभामा जनमत पार्टीका ६ जना सांसद छन्।
प्रधानमन्त्री ओलीले नेपालको संविधानबमोजिम यही साउन ६ गते (आइतवार) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८