काठमाडौँ। रामेछापमा पहिरोमा पुरिएर ३ किशोरीको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा परेर तीन किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ।
स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरिएर घर भित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको हो।
स्थानीयका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरू आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो।
पहिरोले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको उद्धार टोली गाउँतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८