काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६७ पैसा र बिक्री दर १३४ रूपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४५ रूपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६५ पैसा र बिक्री दर १७२ रुपैयाँ ४२ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८७ रूपैयाँ ५३ पैसा र बिक्री दर ८७ रूपैयाँ ९२ पैसा रहेको छ।
साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६६ पैसा र बिक्री दर ३६ रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८