काठमाडौँ। खीर खाने दिन, अर्थात (हरेक बर्ष) श्रावण १५ गते मनाइन्छ। नेपाली समाजमा यो दिन अत्यन्त महत्वपूर्ण दिनका रूपमा पनि मानिन्छ। यस दिनलाई खीर खाने दिनका रूपमा मनाइदैं आएको पाईन्छ।
नेपालको संस्कृति र परम्परामा श्रावण १५ लाई खीर खाने दिनको विशेष महत्व रहेको छ। श्रावण १५ अर्थात् कृषि महिनाको महत्वपूर्ण दिन पनि हो। यो समयमा दिनरात एकनासले झरि परिरहने हुन्छ। यस्तो अवस्थामा पनि कृषकहरु धान रोप्ने कार्यमा व्यस्त हुन्छन्। यो समयमा उनीहरुलाई खेतमा काम गर्न धेरै ऊर्जा चाहिने हुन्छ र त्यो ऊर्जा खीरमा पाइने हुँदा यो दिन कृषकहरु खीर खाई विशेष महत्त्व र उल्लासका साथ मनाउँछन्।
संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको अर्थात खीरलाई शुभ भोजन मानिन्छ र सबैले यो दिन खीर खान्छन्।
खीरलाई विभिन्न किसिमका ड्राई फ्रुट्स, काजु, पेस्ता, बदाम, नरिवल, सुकुमेल, चामल, दुध, र चिनीको मिश्रणबाट तयार पारिन्छ। खीर खाने दिनले सामुदायिक एकता र मेलमिलापको भावना फैलाउँछ, जहाँ सबैले मिलेर यो दिनलाई विशेष दिनका रूपमा मनाउँछन्।
दुधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई समेत बढाउँछ। नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दुधमा हुने ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दुधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बताइन्छ। साथै खीरमा पाइने क्याल्सियम, प्रोटीन, र कार्बोहाइड्रेट्सले शरीरलाई ऊर्जा प्रदान गर्छ र स्वास्थ्यलाई मजबुत बनाउँन मद्धत गर्दछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८