काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) को लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६७ पैसा र बिक्री दर १३४ रूपैयाँ २७ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४५ रूपैयाँ ४० पैसा रहेको छ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ६५ पैसा र बिक्री दर १७२ रूपैयाँ ४२ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ४१ पैसा र बिक्री दर ८७ रूपैयाँ ८० पैसा रहेको छ।
यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ ९२ पैसा र बिक्री दर २९ रूपैयाँ ०५ पैसा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८