काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ६६ पैसा र बिक्री दर १३४ रूपैयाँ २६ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८३ पैसा र बिक्री दर १४५ रूपैयाँ ४८ पैसा रहेको छ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ७० पैसा र बिक्री दर १७२ रूपैयाँ ४७ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ९५ पैसा र बिक्री दर ८७ रूपैयाँ ३४ पैसा रहेको छ।
साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६२ पैसा र बिक्री दर ३५ रूपैयाँ ७८ पैसा रहेको छ। युइई दिराम एकको खरिद दर ३६ रूपैयाँ ३९ पैसा र बिक्री दर ३६ रूपैयाँ ५५ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ०९ पैसा र बिक्री दर २९ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८