काठमाडौँ। कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका(२ स्थित पिमलटामा सयौँ रोपनी धानखेतलाई बगरमा परिणत गरेको छ।
नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति पुर्याएको छ। भर्खरै रोपिएको धानखेत बगरमा परिणत भएको छ।
स्थानीयका अनुसार किसानले हालै रोपिएको खेत पूर्णरूपमा बगर बनेको छ। “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ’, २०० रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने ४०० रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ।’
केही वर्षअघि निर्माण भएको झोलुंगे पुलमा पनि बाढीले क्षति पुर्याएको छ। पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ। स्थानीय किसानले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा समेत क्षति पुर्याएको छ।
तारकेश्वर गाउँपालिकाले बाढीबाट भएको क्षतिको लगत संकलन गरेर किसानलाई सहयोग गर्ने जानकारी दिएको छ। ‘प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्ने गाउँपालिकाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८