काठमाडौँ। सहकारी पीडितहरुले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले बिहीबार सडकमा प्रदर्शन गरेका छन्।
सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै उनीहरूले फेरी काठमाडौँको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्। सहकारीको समस्या समाधानका लागि ६५ दिन पुग्दा पनि कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन्।
सरकारले वेवास्ता गरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी पीडितहरुले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन्।
पीडितहरूले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’, जनतालाई न्याय दे’, सहकारीको सम्पत्ति छिटै जफत गर’, सहकारी ऐन संशोधन गर’, ‘सहकारी विभाग र सहकारी समस्याग्रस्त व्यवस्थापन विभागको काम अझ चुस्तदुरुस्त र प्रभावकारी छिटो बना लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८