रमेश कुमार यादब
साउन १८, रौतहट
बृन्दावन नगरपालिकाको वार्ड नं।६ हर्षाहामा रहेको लक्ष्मी लघुबितिय संस्था लिमिटेडले एसईई उत्तीर्ण गरेका एक छात्रलाई छात्रवृत्ति प्रदान गरेको छ । यो कार्यक्रम लक्ष्मी महिला केन्द्रमा आबद्ध सदस्यहरुको प्रोत्साहनका लागि आयोजित गरिएको थियो । छात्रवृत्ति प्राप्त गर्ने छात्र गरुडा नगरपालिका–५ महम्मदपुर निवासी समपतिया देवीका छोरा अरबिन्द कुमार यादव हुन् ।
महम्मदपुर माविबाट यसैबर्ष एसईई उर्तिर्ण यादबलाई सोहि वार्डका वडासदस्य ध्रुवकुमार गिरीलाई चेक रकम हस्तान्नरण गरेको शाखाका शाखा प्रमुख हेमनरायण माझीले जानकारी दिएका छन । शाखाका प्रमुख माझीले जानकारी दिए अनुसार, अरबिन्दले आफ्नो उत्कृष्ट शैक्षिक प्रदर्शनका कारण यो छात्रवृत्ति प्राप्त गरेका हुन् । यो छात्रवृत्तिले उनलाई उच्च शिक्षाका लागि थप प्रेरणा मिलेको छ । यस अवसरमा आयोजित कार्यक्रममा विभिन्न समुदायका व्यक्तिहरू, संस्थाका प्रतिनिधिहरू, र विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शाखा प्रमुख माझीले छात्रवृत्तिको महत्व र यसले विद्यार्थीको भविष्य निर्माणमा कसरी सहयोग पुर्याउँछ भन्ने बारेमा जानकारी गराएका थिए । उनले भने, “हामी हाम्रो समाजका प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्न र उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउन सधैं प्रयासरत छौं ।“ समारोहमा उपस्थित अन्य वक्ताहरुले पनि छात्रवृत्तिको महत्त्वलाई जोड दिएका थिए । उनीहरुले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिदै आगामी दिनहरुमा पनि उत्कृष्ट शैक्षिक प्रदर्शन गर्न प्रेरित गरेका थिए ।
लक्ष्मी लघुबितिय संस्थाले यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ। यो छात्रवृत्ति कार्यक्रम पनि त्यस्तै एक उदाहरण हो, जसले समाजका अर्धबिकसित वर्गका विद्यार्थीहरूको शैक्षिक प्रगति र उज्ज्वल भविष्यको निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुको साथै आगलागी, चट्याङ, बाढीपहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तीमा पनि सहयोग गर्दै आएको संस्थाले सदस्यहरुलाई दीर्घरोगको उपचार तथा परिवारका अभिभावकको निधनमा काजक्रिया खर्चमा सहयोग गर्दै आएको छ ।। लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीको रुपमा रहेको लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडले आम्दानीको केहि हिसा सामाजिक क्षेत्रमा पनि लगानी गर्दै आएको शाखाका लेखापाल निरज रामले जानकारी दिएका छन ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८