रमेश कुमार यादब
साउन १७, रौतहट
रौतहटको मधेश जनआवाज एफएम ९८।६ मेगाहर्ज साउन १७ गते आज बिहीबार १६ औ वर्षमा प्रवेश गरेका छन । रौतहटको गरुडाबाट संचालित सामुहिक अभियान तथा जन उत्थान केन्द्रद्धारा सञ्चालित सामुदायीक रेडियो मधेश जनआवाज एफएम ९८।६ मेगाहर्जले आज बिहीवार आफ्नो १५ औं वार्षिकोत्सव पूरा गर्दै १६ औं वर्षमा प्रवेश गरेका छन । सामुहिक अभियान तथा जन उत्थान केन्द्रद्धारा सञ्चालित यो सामुदायीक रेडियो वि.सं २०६५ सालमा स्थापना भएको थियो ।
रेडियो मधेश जनआवाज एफएमले स्थापना भएदेखि नै आफ्नो निरन्तर प्रशारण मार्फत श्रोताको मन जित्न सफल हुँदै आएको छ । यो रेडियोले स्थानीय समाचार, सूचना, शिक्षा, स्वास्थ्य, कृषि, संगीत, र मनोरञ्जन सम्बन्धी कार्यक्रमहरू प्रसारण गर्दै आएको छ । यसले स्थानिय समुदायका मुद्दाहरुलाई प्राथमिकता दिँदै आवाज विहीनहरुको आवाज बन्ने प्रयास गर्दै आएको छ ।रेडियोको स्थापनाकालदेखि नै यसले स्थानिय कला, संस्कृति, र भाषाको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
यसले विभिन्न सामाजिक, शैक्षिक, र सांस्कृतिक कार्यक्रमहरू आयोजन गरी समुदायमा चेतना र जागरुकता फैलाउँदै आएको छ ।सामुदायीक रेडियो मधेश जनआवाज एफएमको १६ औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ । यस अवसरमा स्थानीय नेतागण, समाजसेवी, पत्रकार, र रेडियोका श्रोता बीच विशेष कार्यक्रमको आयोजना हुनेछ । रेडियोका सञ्चालक प्रहलाद साहले आगामी दिनमा पनि यसै गरी श्रोताहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न निरन्तर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस रेडियोले स्थानिय समस्याहरुको उजागर गर्न र समाधान खोज्न महत्वपूर्ण भूमिका खेलेको छ । श्रोताहरुले यो रेडियोलाई आफ्नो दैनिक जीवनको एक अभिन्न अंगको रुपमा अपनाएका छन् । १६ औं वर्ष प्रवेशको अवसरमा, रेडियो मधेश जनआवाज एफएम ९८।६ मेगाहर्जले आफ्नो यात्रा अझ सशक्त र प्रभावकारी बनाउन नयाँ कार्यक्रमहरु प्रस्तुत गर्ने योजना बनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८