काठमाडौँ। काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ नै फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि पाइलटले काठमाडौँ मै फर्काएर सुरक्षित अवतरण गराएका छन्।
बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ जहजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्काउने निर्णय गरेर फर्किएको हो।
फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँमाथिको आकाशमा करिब ३ फन्को लगाएको थियो। पोखरा उडेको उक्त जहाजमा प्राविधिक समस्या आएपछि पुनःकाठमाडौँमै अवतरण गरेको हो।
बुद्ध एयरले अर्को विमानबाट यात्रुलाई पोखरा पुर्याएको छ। तीव्र गतिमा हावा चलेका कारण जनकपुर जाने उडानसमेत रद्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८