बि.पी भट्ट,काठमाण्डौं । नेकपा (एकिकृत समाजवादी पार्टी) को १० औं राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा माधव कुमार नेपाल,सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सहित ३४४ जना केन्द्रिय कमिटी सदस्य निर्वाचित भएको छ ।
केन्द्रिय सदस्यमा बाराबाट ६ जना निर्वाचित भएका छन् । बाराबाट निर्वाचित हुनेमा दिनेश राई,संघिय सांसद कृष्ण कुमार श्रेष्ठ(किसान),हिमाल चन्द्र खरेल(हिमाल),बिभा कार्की,चमिना भट्टराई,मालती कुशुवाह रहेका छन् ।
पार्टीले १८ जना पदाधिकारी,पोलियटब्युरो,स्थाइकमीटी, सचिवालय र केन्द्रीय निकायको टुङ्गो लगाउन बाँकी छ । २५१ जना सदस्यहरुको टुङ्गो लगाउने जिम्मा पार्टीको अध्यक्ष माधव कुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल लाई केहीदिन अघि निर्वाचित ९३ जना सदस्य हरुको बैठकले जिम्मा दिएको थियो ।
१२ सयभन्दा बढी आकांक्षी रहेकोले सबैलाई समेट्न नसकिने अवस्थामा भूगोल,समावेशिता,योगदान र पार्टीको काम र जिम्मेवारीलाई हेरेर केन्द्रिय सदस्यको टुङ्गो लगाएको नेकपा एकिकृत समाजवादी पार्टीले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८