काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (सोमबार)पद तथा गोपनीयताको शपथ लिदैँछन्। शाहले आज अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने उनको सचिवालयले जनाएको छ।
दोस्रोपटक मुख्यमन्त्री बनेका शाहको सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी रहेको छ। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ।
सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८