काठमाडौँ। बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई दूतावाससँग समन्वय नगरी देश नछाड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।
नेपाल फर्किन चाहने विद्यार्थी र सम्पूर्ण नेपालीले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र नेपाल फर्कन दूतावास आग्रह गरेको हो।
बंगलादेशमा चिकित्साशास्त्रको अध्ययन गर्न गएका नेपाली विद्यार्थीमध्ये करिब ४ सय विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ। बंगलादेशमा अध्ययनरत अधिकांश विद्यार्थी नेपाल फर्किसकेको पनि दूतावासले जनाएको छ।
‘‘हाल बाँकी रहेका करिब ४ सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ‚’’ राजदूतावासले जनाएको छ।
राजधानी ढाकासहित बंगलादेशका अधिकांश ठाउँमा आइतवार साँझदेखि अनिश्चितकालीन कर्फ्यु जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बंगलादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ।
दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुईवटा टेलिफोन नम्बरसमेत उल्लेख गरेको छ।
नेपालीहरूले ८८०१८८०६९१०१३ वा ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर दूतावासको सहयोग लिन सक्ने पनि दूतावासले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८