काठमाडौँ। आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय स्तरका विकास बैंकहरूले ५ अर्ब ५५ करोड रूपैयाँ भन्दा बढी मुनाफा आर्जन गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वित्तिय विवरण अनुसार गत आ.व.मा हाल संचालनमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रूपैयाँ नाफा आर्जन गरेको छन्। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख ४८ हजार रूपैयाँ नाफा कमाएका थिए।
सार्वधीक कमाउनेमा मुक्तिनाथ विकास
गत आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले यसअवधिमा १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रूपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २४ करोड ८२ लाख रूपैयाँ नाफा कमाएको थियो।
अन्य कुन बैंकले कति कमाए?
यसअवधिमा नाफा सबैभन्दा धेरै हुने कम्पनीको दोस्रो नम्बरमा गरिमा विकास बैंकको १०.१६ प्रतिशतले बढेर १ अर्ब १३ करोड रूपैयाँ नाफा आर्जन गरेको छ।
यस्तै, तेस्रो नम्बरमा रहेको शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको ७.९९ प्रतिशतले घटेर ६९ करोड ७४ लाख रूपैयाँ आर्जन गरेको छ भने, चौथो नम्बरमा रहेको लुम्बिनी विकास बैंकको २१.३२ प्रतिशतले बढेर ६० करोड ३७ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।
यस्तै, गत आ.व.मा कामना सेवा विकास बैंकको नाफा ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख रूपैयाँ पुगेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नाफा ९२.४७ प्रतिशतले बढाएर ५२ करोड ४ लाख रूपैयाँ पुगेको छ।
यता, महालक्ष्मी विकास बैंकको २४.५२ प्रतिशतले बढेर ४७ करोड १ लाख रूपैयाँ र ज्योति विकास बैंकको १८.३३ प्रतिशतले घटेर २४ करोड ६५ लाख रूपैयाँ रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८